काठमाडौँ — कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको छ । पीसीआर परीक्षणको दायरा बढाउने उद्देश्यले मन्त्रालयले प्रयोगशाला थप्ने निर्णय गरेको हो । हाल मुलुकभर २३ वटा प्रयोगशाला सञ्चालनमा रहेको छ। मन्त्रालयका अनुसार थप गरिएका १० वटा प्रयोगशालाहरुमा मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद […]