शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गोकर्ण सहकारीद्वारा १६० परिवारलाई राहत वितरण
समाचार

गोकर्ण सहकारीद्वारा १६० परिवारलाई राहत वितरण

काठमाडौँ, चैत्र २१ ।

गोकर्ण बचत तथा सहकारी संस्थाद्वारा दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका आफ्नो सदस्यहरुलाई आज गोकर्णेश्वर नगरपालिका वाड ४ माकलबारीमा १६० परिवारलाई खाद्यान्न वितरण गरेको छ

कोरोना को सङ्क्रमणबाट जोगिनको लागि सरकारले  लागु  गरेको लक डाउनका कारण दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुयाएको भन्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा रहेको गोकर्ण सहकारी संस्थाले  श्रमिकहरुलाई राहत उपलब्ध गराएको हो |

कोरोनाले कारण लक डाउनले सबैभन्दा बढी असर दिनभर काम गरेर हात मुख जोड्ने वर्गलाई परेको  हुँदा उनीहरुलाई केहि राहत होस् भनेर सस्थाले आज संस्थाको कार्यलय प्राङ्गण बाट भिड भाड नहुने गरि वडा तथा  स्थानीय समाजसेवीहरुको समन्वयमा दैनिक ज्यालादारीमा निर्भर वर्गहरुको पहिचान गरि दिउसो ३ बजे राहत वितरण गरेको सस्थाका अध्यक्ष रोशन बाबु श्रेष्ठले बताए  ।

उनले  कोरोना भाइरसको ठूलो जोखिमबाट जोगिन वर्तमानमा  कष्ट उठाउनु सबैको कर्तव्य भएको र घरमै बसेर सुरक्षित रहन तथा लक डाउनलाई इमानदारीसाथ पालना गर्न पनि संस्थाको तर्फ बाट  सबैलाई अनुरोध गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु