बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • औषधि खरिदमा भ्रष्टाचार गर्नेलाई बर्खास्त गर -नेपालि काँग्रेस
राजनीति

औषधि खरिदमा भ्रष्टाचार गर्नेलाई बर्खास्त गर -नेपालि काँग्रेस

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्य माफी योग्य नभएको बताएको छ । यस्तो कार्यमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गर्न सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति जारी गरी अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै त्यसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन् ।

‘अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफीयोग्य छैन,’ देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीलाई आग्रह गर्दछु।”

स्रोत : अनलाइन खबर

फेसबुक प्रतिक्रियाहरु