शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यस्ता युवती झुकिएर पनि बिहे नगर्नु, पछुताउनु पर्छ।
जुनेली बिशेष

यस्ता युवती झुकिएर पनि बिहे नगर्नु, पछुताउनु पर्छ।

प्रशंसा नगर्ने स्वभाव यदि तपाइ एक वफादार प्रेमी हुनुहुन्छ भने तपाइ सधैँ केही न केही आफ्नो मान्छेको लागि गरिरहनुभएको हुन्छ । त्यस्तै तपाइको आफ्नै उन्नति प्रगति, शिक्षामा सफलता आदि कुराले आउँदो सम्बन्धमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ । यी केही पनि कुराहरुमा यदि उनले तपाइको प्रशंसा गर्दिनन् भने तपाइले अरु कोही भेट्नुहुनेछ जो तपाइको मेहनत प्रति कृतज्ञ होस् ।

अरुसँगको उनको व्यवहार यदि तपाइको कोही आफन्त साथी वा क्याफेमा काम गर्ने मान्छे आदिसँग उनको व्यवहार कस्तो छ भन्ने कुराले पनि सम्बन्धमा ठूलो माने राख्दछ । यो दुवैको कुरामा लागू हुन्छ । मतलब मानवीय स्वभाव आवश्यक छ कुनै सम्बन्ध अघि बढाउन ।

सबैमा अधिकार जमाउने विशेष अवसर बाहेक अन्य बेलामा पनि केही वस्तु वा घुम्न जाने कुराको निम्ति कुनै पनि हालतमा उनलाई पहिलो प्राथामिकता दिनै पर्छ भने यो पनि सुखदायक लक्षण होइन । किनकी सम्बन्ध भनेको दुईवटा चालकले चलाएको एउटै गाडी हो । कहाँ सम्म लाने भन्ने निर्धारण नितान्त दुवैको आनीबानी र भावनाले गर्छ ।

नकारात्मक तार्किकता तपाइ जति धेरै माया गर्नुस् । वा ख्याल गर्नुस् तर त्यो व्यक्तिले तपाइका हरेक प्रयासहरुलाई नकारात्मक ढंगले व्याख्या अपव्याख्या गर्छ भने त्यस्ता मान्छेलाई तपाइको जीवनबाट सँधैका लागि टाढै राख्नुस् ।

भविष्यको साझा लक्ष्य धेरै फरक भए दीर्घकालीन सम्बन्धको बारेमा कुरा गरिरहँदा यदि दुवै जनामा कम्तिमा न्युनतम साझा लक्ष्य हुन आवश्यक छ । यदि तपाइ मेडिटेसन सेन्टर चलाउने योजनामा हुनुहुन्छ तर आफ्नो पार्टनरले चाँहि वियरको डिलर खोल्ने सोच बनाउँछ भने यसले सम्बन्धमा तित्तता जरुर पैदा गर्दछ ।

गम्भीर बन्नुस् किनकी जीवनका केही साधारण कुराहरु पनि मिल्न सकेन भने अलमल र दुःखदायी बन्नेछ । यदि यस्तो स्थिति छ भने यो जालोमा नफस्नुस् ।जीवनको अन्त्य त्यतिखेर हुन्छ जब हामी रुपान्तरण वा परिवर्तन स्वीकार्दैनौँ । तर आफूले आफ्नो कमी कमजोरी पहिचान गरेर त्यसलाई सुधार्ने तर्फ ध्यान लगाएर जीवनको सुनौलो क्षितिज निर्माण गर्ने हामीसँग सँधै यो विकल्प बाँकि रहेको हुन्छ ।

गैरजिम्मेवार वा दोष थोपर्ने मानिसले गल्ती गर्नु स्वाभाविक हो । गल्तीलाई स्वीकारेर अघि बढ्नु जीवनको हरेक पाटोमा बुद्धिमानी हुन जान्छ । तर यदि तपाइकी प्रेमिकाले आफ्नो गल्ती कैलै देख्दिनन् र अक्सर तपाइमाथि घटना परिघटनाको दोष देखाउन खोज्छिन् भने यसले ज्यादातर सम्बन्धमा खुशीयाली ल्याउने छैन, जानी राख्नुस् ।

अनावश्यक हक जमाउने हरेक मानिसको व्यक्तिगत जीवन फरक फरक हुन सक्छ । त्यसैले तपाइको जीवनसाथीले यदि तपाइका अन्य साथीभाइसँग घुम्ने, रमाउने समयसँग रिसराग गर्ने, वा अनावश्यक हक जमाउने गर्छिन् भने यसले पनि द्धन्द्ध सृजना गर्छ ।

अनियमितता यदि तपाइसँग उनी अनियमित छिन् भने विचार गर्नुपर्ने हुन्छ । जस्तै, यदि तपाइको फोन कल्स वा मेसेजहरुको ठीक ढंगले प्रतिउत्तर आउँदैन भने सम्झनुस् सायद उनीमा तपाइप्रतिको लगाव कम भएको छ । यदि यसो हो त कृपया खुशी खुशी आँफै टाढा रहनुस् । कहिल्यै पश्चाताप हुने छैन ।

स्रोत सुदुर खबर

 

फेसबुक प्रतिक्रियाहरु