बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्टक भए पेट्रोलियम पदार्थ
अर्थ/वाणिज्य

स्टक भए पेट्रोलियम पदार्थ

२१ चैत,

काठमाडौं । लकडानका कारण लामो समयसम्म मोटर तथा हवाई यातायात ठप्प भएपछि १७ सय ट्याकंर, १४ सय पेट्रोल पम्प र निगमका सबै भण्डारण केन्द्रहरु इन्धनले भरिएका छन् ।

पेट्रोलको कुल भण्डार क्षमताको ९६, डिजेलको ९७, हवाइ इन्धनको ९८ र मट्टीतेलको भने खपत कम भएकाले ५७ प्रतिशत मात्रै भण्डारण गरिएको निगमले जनाएको छ । पेट्रोलको भण्डार क्षमता ८ हजार ६ सय ३२ किलोलिटर रहेकोमा हालसम्म ७ हजार ४९४ किलोलिटर भण्डारण भइसकेको छ ।

४५ हजार ५३४ किलोलिटर भण्डारण क्षमता रहेको डिजेल पनि ४० हजार ९८१ किलोलिटर भण्डारण सकिएको छ । मट्टीतेल भण्डारण क्षमता ५ हजार ६८ किलोलिटर भए पनि २ हजार ५ सय ९३ किलोलिटर भण्डारण सकिएको छ ।

आठ हजार ६५ किलोलिटर भण्डारण क्षमताको हवाइ इन्धन ७ हजार ९७ किलोलिटर भण्डारण भइसकेको निगमले जनाएको छ ।

मौज्दात राख्न सकिने सबै ठाउँ भरिएपछि इन्धन आयात गर्न जानै नसक्ने अवस्था बनेको निगमले जनाएको छ । वीरगञ्ज भएर रक्सौलमा दैनिक २ सय ट्याकंर तेल लिन जाने गरेकोमा अहिले हप्ता दिनमा मुस्किलले दुई दर्जन हाराहारी मात्रै ट्याकंर पठाउन सकिएको निगमले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु