शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • उमाकुण्ड २ नं कमिटि नेकपाद्वारा ९ सय ५५ घरपरिवार र संघसंस्थालाई मास्क तथा साबन वितरण
समाचार

उमाकुण्ड २ नं कमिटि नेकपाद्वारा ९ सय ५५ घरपरिवार र संघसंस्थालाई मास्क तथा साबन वितरण

काठमाडौँ, चैत्र २०|

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट जोगिन सरकारले लागु गरेको लक डाउनका साथै अनिवार्य मास्कको प्रयोग र सबन पानीले बेलाबेला हात धुने कुरालाई ध्यानमा राखेर नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)  रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ बाम्ती पार्टी कमिटीले मास्क र साबुन वितरण गरेको छ ।   स्थानीय ९ सय ५५ घरपरिवार, वडा अन्तर्गतका स्वास्थ्य चौकी, प्रहरी चौकी र संघसंस्थाहरुलाई  आज मास्क र साबुन वितरण गरेको छ |

कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै सन्त्रास बनाइरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उमाकुण्ड–२ को नेतृत्वमा स्थानीयलाई कोरोना भाइरसबाट जोगिन सचेत गराउँदै वडाबासी र बडामा रहेका संघसंस्थाहरुलाई मास्क र साबुन वितरण गरेको हो ।

जसमा बाम्तिभण्डार का  ९५० घरधुरि लाई ५ थान माक्स र २ थान साबुन, प्रहरी चाैकि बाम्तिलाई ५० थान माक्स र १० थान सबुन,  स्वाथ्य चाैकि बाम्ति लाई ५० थान माक्स र १० थान साबुन, थाेदुङ् गुम्बा लाई ३८ थान माक्स र ३८ थान साबुन, शेर्पा बाेर्डिङ स्कुल लाई २० थान माक्स र १८ थान साबुन, उमाकुण्ड वडा नं २ अफिसलाई १० थान माक्स र ५ थान साबुन वितरण गरेकाे छ |

उमाकुण्ड गाउँपालिका कमिटिका पदाधिकारीहरु मार्फत रू.  १,४४,०००/-  (एक लाख चवालिस हजार) जम्मा परेर मास्क र साबुन वितरण गरिएको हो |

साथै कोरोना भाइरस लागेमा जनताले ठुलो क्षति बेहोर्नु पर्ने र परिवार, गाँउ अनि सिंगो देश नै बर्बादमा पर्ने हुँदा यसबाट जोगिन वडाका सम्पूर्ण नागरिकहरुलाई अपिल समेत गरेको जिवन घतानेले बताए |

 

फेसबुक प्रतिक्रियाहरु