शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गोकर्नेश्वोर न.पा. र काठमाडौँ मा.न.पा. वडा नं ६ का सबै मासु पसल भोलिदेखि बन्द हुने
समाचार

गोकर्नेश्वोर न.पा. र काठमाडौँ मा.न.पा. वडा नं ६ का सबै मासु पसल भोलिदेखि बन्द हुने

कोरोना संक्रमणको ख्याल नगरिएको हुंदा मासू पसल बन्द गर्ने निर्णय

काठमाडौँ, चैत्र २०

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाइ ध्यानमा राखेर गोकर्णेश्वर नगरपालिका भित्र रहेका सम्पुर्ण माछामासु  पसलहरु बन्द हुने भएको छ | गोकर्णेश्वर नगरपालिका अन्तर्गत  मासू पसल तथा बधशाला व्यबस्थापन समितिको सचिबालय बैठकको निर्णय अनुसार भोली २०७६ चैत्र २१ गते देखि यस नगरपालिका भित्रका र काठमाडौँ महानगरपालिका वडा नं ६ भित्र रहेका सम्पुर्ण माछामासु पसल, बधशाला कोल्डस्टोर एवंम सम्पुर्ण मासु पसलहरु अर्को सुचना प्रकाशित नभए सम्म बन्द गर्न समितिले अपिल गरेको छ।

गोकर्नेश्वोर नगरपालिकाका मेयर सन्तोष चालिसे र काठमाडौँ महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपेन लामासंग  यस बिषयमा  छलफल गरी यो प्रस्ताबमा सहमत भएपछी समितिले यस्तो निर्णय गरेको हो | ।

माछामासु पसल बधशाला कोल्डस्टोर एवंम सम्पुर्ण बधस्थलहरुको फोहोर व्यवस्थापन गर्न कठिन परेको, उपभोग गर्ने मासुको नेपाल सरकारबाट व्यवस्थित चेकजाच नहुने र माछा मासू बितरण गर्ने स्थलमा पनि कोरोना संक्रमणको ख्याल नगरिएको हुंदा मासू जन्य बस्तु बाट छिटो संक्रमण हुने डरले यो कदम चालिएको हो। साथै मासु  पसल बन्द हुने जानकारी गराउन  आज उक्त समितिले माइकिंग गरेर पनि हिडेको थियो |

सो कमि कमजोरीको समाधान गर्ने र सबै नगर बसीलाई स्वाथ र सफा माछामासुको उपभोग गराउन अगामी दिनमा पहल गर्नेछौ  सचिबालय सचिव दिपेश शाहीले जुनेली न्युजलाई बताए |

फेसबुक प्रतिक्रियाहरु