शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बामपन्थी सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने राजिनामा दिने, ५ बर्ष भित्र बामपन्थी संसाद सबै मन्त्रि बन्ने त होइनन् ? -दिपक रिसाल  
समाचार

बामपन्थी सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने राजिनामा दिने, ५ बर्ष भित्र बामपन्थी संसाद सबै मन्त्रि बन्ने त होइनन् ? -दिपक रिसाल  

यता लका डाउन पालना गरेर बस्ने नेपालि जनताले बामपन्थी सरकार लाइ कुन दृष्टिकोण ले हेरेका होलान

चैत्र २०,

काठमाडौँ ,  स्वास्थ सामाग्री खरिदमा भ्रष्टाचार भएको भन्दै नेपालि काँग्रेस का महाधिबेशन प्रतिनिधि एवं युवा नेता दिपक रिसालले बामपन्थी सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने अनि राजिनामा दिने चलन बढेको बताएका छन् | यस्तै हुने हो भने  बामपन्थी सरकारको ५ बर्षको कार्यकालमा सबै संसाद हरु पालै  पालो मन्त्रि हुने कुरामा कुनै संका नहुने नेता रिसालले बताएका हुन् |

कोरोना  भाइरसबाट बिश्वो आतंकित भैरहेको बेला नेपालमा चाहि स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भ्रष्टाचार भैरहेको छ | यो महामारीको बेला सरकारले झन सवेदनशील हुनु पर्ने बेला भ्रष्टाचार गर्ने खेलमा लागि परेको छ | सरकारले टेण्डरको प्रस्तिपर्धा नगराई एकलौटी सामान खरिद गर्ने दिएको थियो तेती मात्र हैन औषधिको बिषयमा कुनै ज्ञान नभएको कम्पनीलाई बिना प्रतिस्पर्धा टेण्डर दिएको थियो | औषधि खरिदमा पनि  भने बमोजिमको समयमा पूर्ति गर्न नसके पछि सम्बन्धित निकायले कम्पनीलाई कालो सुचिमा राख्ने तयारि गरेको छ | बिश्वो स्वास्थ्य संगठनले अस्विकार गरेको चीनको स्वस्थ्य परिक्षण सामग्री नेपालले खरिद गरेको छ | जसबाट स्वस्थ मन्त्रि भानुभक्त ढकाल करोडौ भ्रष्टाचारको आलोचनामा परेका छन् |

यता लका डाउन पालना गरेर बस्ने नेपालि जनताले बामपन्थी सरकार लाइ कुन दृष्टिकोण ले हेरेका होलान भन्ने नेता रिसालको धाराण छ |

फेसबुक प्रतिक्रियाहरु