शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गर्भवती महिलाको नियमित जाँच गराउन स्वास्थ्यकर्मीलाइ घर घरमा पुर्याउछु : मेयर सन्तोष चालिसे
समाचार

गर्भवती महिलाको नियमित जाँच गराउन स्वास्थ्यकर्मीलाइ घर घरमा पुर्याउछु : मेयर सन्तोष चालिसे

गर्भवती महिलाहरुको स्वस्थ्यलाइ ध्यानमा राखेर घरमै एम्बुलेन्स सहितको  डाक्टरको टोलि  पठाएर  उनीहरुको नियमित   स्वस्थ्य जांच  गराउन लागेको जानकारी

काठमाडौं,चैत्र १९

गोकर्णेश्वर नगरपालिकाका मेयर तथा कोरोना भाइरस  जोखिम न्यूनीकरण निर्देशक समिति संयोजक सन्तोष चालिसेले नगर भित्र रहेका गर्भवती महिलाहरुको स्वस्थ्यलाइ ध्यानमा राखेर घरमै एम्बुलेन्स सहितको  डाक्टरको टोलि  पठाएर  उनीहरुको नियमित   स्वस्थ्य जांच  गराउन लागेको जानकारी दिएका छन् । उनले  गर्भवती महिला भएको खण्डमा नगरपालिकालाई जानकारी गराउन पनि अनुरोध गरेका थिए  ।उनले लक डाउन र कोरोना भाइरसको त्रासका कारण धेरै गर्भवती महिलाहरुलाइ  अस्पताल सम्म गएर आफ्नो  नियमित  स्वस्थ्य परिक्षण  गर्न नसकिरहेको अवस्थामा उनीहरुको लागि नगरपालिकाले नियमित स्वास्थ्य परिक्षणको लागि स्वस्थ्यकर्मी सहितको टोलि पठाउन लागेको जानकारी गराए। स्वस्थ्यकर्मिले उनीहरुको स्वस्थ्य अवस्था बुझेर परिक्षण गर्ने र आवश्यक परेको खण्डमा अस्पताल सम्म पुर्याउने व्यवस्था नगरपालिकाले गर्न लागेको जानकारी गराएका छन् |

गोकर्णेश्वर नगरपालिकाका प्रमुखको अध्यक्षतामा मंगलबार  निर्देशक समितिको बैठक सम्पन्न भएको छ ।उक्त बैठकमा  नगरस्तरीय  नियन्त्रण  सम्बन्धि हाल सम्म गरिएका कार्यहरुको समिक्षा तथा भाबि योजना सम्बन्धि छलफल गरिएको थियो  नगरपालिकाको सभाहलमा भएको सो बैठकमा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी, महानगरीय प्रहरी वृत्त बौद्धका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक नबिन कार्की सहसेनानी सुमन बिक्रम केसी, गोकर्णेश्वर नगरपालिका वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरु ,गोकर्णेश्वर नगरपालिका शाखा अधिकृत भिम बहादुर शाही डा. सुवास प्याकुरेल,डा.सृजना पाण्डेयगोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय, पूर्ण पबहादुर बस्नेत, सामाजिक विकास शाखा प्रमुख हरि प्रसाद दहाल लगायतको उपस्थिति रहेको थियो।

उनले गोकर्णेश्वर नगरपालिका नगर बासीको स्वास्थ्य प्रति सचेत र जिम्मेवार  रहेको भन्दै आम नगरबासीले पनि अनुसासित भएर लक डाउनलाइ पालना गर्नु पर्नेमा जोड दिदै    घरमै बसेर समाजलाई कोरोना भाइरस संक्रमणको जोखिम बाट  सुरक्षित बनाउन पनि अपिल गरेका थिए। उनले सामाजिक दुरी कायम गर्न पनि अनुरोध गरेका थिए । नगरपालिकाले नगर बासीको स्वस्थ्यमा ध्यान दिदै कुनै पनि स्वास्थ्य समस्या आएमा  कुनै पनि स्वास्थ्य सम्बन्धि जिज्ञासा   भएमा सो को समाधान गर्नको डा सुबास प्याकुरेलको संयोजकत्वमा लागि १३  सदस्यीय रेस्पोन्स हटलाइन टिम गठन गरेको जानकरी गराए ।

त्यस्तै उनले विदेशबाट आएकाहरुको बिवरण संकलन गरिरहेको र उनीहरु जनप्रतिनिधिको सम्पर्कमा रहेको बताउदै नगरपालिका भित्र हाल सम्म कोरोनाको लक्षण भएको बिरामी नभेटिएको जानकारी गराए। उनले दैनिक ज्यालादारी गर्ने मजदुरहरु मारमा परेको भन्दै उनिहारुलाई राहत उपलब्ध गराउने पनि बताए ।उनले बास्तविक ज्यालादारी गरि क्गाने बिपन्न मजदुरहरुलाई घरधनी को सिफारिसमा कुपन वितरण गर्ने पनि बताए। उनले स्वास्थ्य कर्मीहरुलाई सबैले प्रोत्साहित गर्नु पर्ने पनि बताए।

(स्रोत: कपन अनलाइन )

फेसबुक प्रतिक्रियाहरु