सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सत्ता गठबन्धनले एमालेसँग भएको तालमेल खारेज गर्ने
समाचार

सत्ता गठबन्धनले एमालेसँग भएको तालमेल खारेज गर्ने

जुनेली न्युज,१४ बैशाख काठमाडौँ |

सत्तारुढ गठबन्धनका  दलहरुले नेकपा एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने भएका छन् |

गठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय भएको हो | दलहरुले यसअघि पनि गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालमेल नगर्ने  बिषयमा सहमति गरेका थिए  |

तर कुनै कुनै  ठाउँमा कांग्रेस र एमालेबीच तालमेल भएको छ भने एकीकृत समाजवादीले पनि एमालेसँग तालमेल गरेको पाइएको नेताहरुले बताएका छन् |

तालमेल खारेज भएका ठाउँमा गठबन्धनकै दलका अन्य उम्मेदवारलाई समर्थन गरेर अघि जाने विकल्पमा  छलफल भएको छ |

 

फेसबुक प्रतिक्रियाहरु