शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अमेरिकामा हुने लिग टु श्रृखंलामा नेपालको पहिलो खेल ओमानसँग हुने
समाचार

अमेरिकामा हुने लिग टु श्रृखंलामा नेपालको पहिलो खेल ओमानसँग हुने

जुनेली न्युज,१४ बैशाख काठमाडौँ |

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने श्रृंखलामा नेपालले आफ्नो पहिलो खेल ओमानसँग खेल्ने भएको छ |
नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृखंला जुन ८ देखि १५ सम्म अमेरिकाको हुस्टनमा हुन लागेको छ |

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आफ्नो आधिकारिक वेबसाइटमा उक्त श्रृंखलाको खेल तालिका अपडेट गरेको हो |

जसमा नेपालले पहिलो खेल जुन ९ (जेठ २६) मा ओमानसँग हुने छ भने, दोस्रो खेल जुन ११ (जेठ २८) मा नेपालले अमरिकासँग हुने छ |
त्यसपछि नेपालले जेठ ३१ गते फेरि ओमानसँग र असार १ गते अमेरिकासँग खेल्नेछ |

सन् २०२३ को एकदिवसीय विश्वकपमा छनोटको आधारको रुपमा रहेको लिग टु मा कूल ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् |

जहाँ नेपाल ले तिन श्रृंखला खेल्दै १२ खेलबाट १२ अंक जोडेर छैटौं स्थानमा छ |

फेसबुक प्रतिक्रियाहरु