शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
Breaking News

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

अरू दिन बिहान साढे ९ देखि बेलुका साढे ५ बजेसम्म कार्यालय खोलिने

जुनेली न्युज,१४ बैशाख काठमाडौँ |

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो |

 

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिए |

 

अब  हप्तामा दुई दिन शनिबार र आइतबार बिदा हुनेछ | अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे ५  बजेसम्म खुल्नेछन् |

पेट्रोलियम पदार्थको मूल्य  महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा कमि हुदै गएपछि  आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो |

फेसबुक प्रतिक्रियाहरु