आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • “गठबन्धनको शक्ति देखेर ओली डराएका छन्,”- रामचन्द्र पौडेल |
समाचार

“गठबन्धनको शक्ति देखेर ओली डराएका छन्,”- रामचन्द्र पौडेल |

जुनेली न्युज, ०६ बैशाख काठमाडौँ |

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन देखेर एमाले अध्यक्ष केपी ओली डराएको बताएका छन् | नेविसंघको स्थापना दिवसको अवसरमा बोल्दै उनले,“परिवर्तन जोगाउन र लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् |

स्थानीय चुनावलगायत सबै चुनाव सफल बनाउन गठबन्धन एकसाथ अगाडि जानुपर्ने उनले  बताए” |

 

ओलीले हतास अभिव्यक्ति दिन थालेको आरोप पनि उनले लगाएका छन | साथै एमालेले प्रतिगामी शक्तिहरूसँग गठबन्धन गरेको उनले बताए |

 

साथै पौडेलले लोकतन्त्रको लडाइँका लागि नेपालले अहिले पनि बलिदानी खोजेको बताए | विकास र प्रगति रोक्नेहरूका विरूद्ध सतर्क हुनुपर्ने उनको बताएका छन् |

 

फेसबुक प्रतिक्रियाहरु