जुनेली न्युज उदयपुर | उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं ५ मा घर भएका हिरालाल थापा मगरको २८ बर्षे छोरा क्षेत्र बहादुर थापा मगरको दुवै मृगौला फेल भएर हाल बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भै रहेको छ | उनको आर्थिक अबस्था एकदमै कम्जोर भएको हुदा आर्थिक सहयोग गरि बचाइदिनु हुन अपिल गरेका छन् |
उनको गरिखाने जग्गा जमिन पनि नभएको कारण दैनिक ज्याला मजदुरी गरेर पेट पाल्न भारतको होटेलमा काम गर्दै आएका थिए | क्षेत्र बहादुरको ७ बर्षीय छोरा समेत रहेका छन् | उनले आफ्नो नाबालक छोराको भबिष्यका लागि भए पनि मलाइ सकेको सहयोग गरि बचाई दिन सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अनुरोध समेत गरेका छन् |
सहयोगको लागि :
फेसबुक प्रतिक्रियाहरु