बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • सेलिना योल्मोको पहिलो सांगितिक सौगात “छोरी” सार्वजानिक (भिडियो सहित)
चलचित्र

सेलिना योल्मोको पहिलो सांगितिक सौगात “छोरी” सार्वजानिक (भिडियो सहित)

जुनेली न्युज |

उदाउँदी गायिका सेलिना योल्मोले आफ्नो पहिलो गित “छोरी” सार्वजानिक गरेकी छन् । योल्मोकै रचना र लेखनको गितमा उत्पाल कँडेल र निर्भाना विष्टले सहकार्य गरेका छन् । कँडेल गितका संगित निर्माता हुन् भने विष्ट सो गितको गितारवादक हुन् । सागर तामाङ्गले गितको भिडियो निर्देशन र सम्पादन गरेका छन् ।

गायिका योल्मोका अनुसार उनको सो गित समाजमा महिला माथि दैनिक रुपमा घट्ने तितामिठा घटनाहरुबाट प्रेरित रहेको छ । गितको शब्दले एउटा छोरीको सपना साकार गर्न उसको परिवार र समाजले बिरलै सर्मथन गर्ने बरु उल्टै रुढीबादी सोच, विवाह र घर परिवारप्रतिको दायित्वले झेलिने बताइन् । आफ्नो गितको माध्यमबाट योल्मोले एउटा छोरीले देखेको सपना साकार गरिदिन उमाथि विश्वास गर्न र उसलाइ केबल एउटा आमा, श्रीमती वा छोरीको भुमिकामा मात्र नहेरिदिन आग्रह गरेकी छन् ।

योल्मोका अनुसार यो उनले लेखेको पहिलो गित भएका कारण यसको शब्दसँग निकै भावनात्मक सम्बन्ध भएको बताइन् । यो गित लेख्ने प्रेरणा उनले द स्याडोज ब्यान्डको “बलात्कारीलाइ फाँसी दे” भन्ने बोलको गित सुनेर आएको बताइन् । योल्मोको सो गित अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर युट्युबमा रिलिज गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु