शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेबिसघंंद्वारा अदालतको निर्णयको स्वागत गर्दै माइतीघरमा दीप प्रज्वलन
समाचार

नेबिसघंंद्वारा अदालतको निर्णयको स्वागत गर्दै माइतीघरमा दीप प्रज्वलन

११ फागुन, काठमाडौ । सर्वोच्च अदालतले केपी ओलीले गरेको संसद विघटनलाई असंबैधानिक ठहर गरेसगैँ नेबिसघंले माइतीघरमा दीप प्रज्ज्वलन गरेको छ ।

राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनै पर्छ, सर्वोच्चलाई धन्यवाद लगायतका नारा लगाउँदै उनिहरुले नाराबाजी समेत गरेका हुन् ।

नेपाली काङ्ग्रेसका युवा नेता कुन्दनराज काफ्लेले संविधानको धारा पाठ गरेर अदालतको निर्णयलाई स्वागत गरेका हुन् ।

‘सर्वोच्च अदालतले आज जनताको निर्णय गरेको छ , अदालतलाई धन्यवाद’ , कार्यक्रममा उपस्थित नेबिसघं नेता सुसान्त तामाङले हर्षित हुँदै जुनेली न्युजलाई बताए ।

साथै नेता करुणा सागर सिग्देलले भने , ‘आज निरङ्कुस्ताले हारेको छ , विधि र बिधानको निम्ति हामी सधैं लडिरहन्छौँ ‘ ।

दीप प्रज्ज्वलनमा उपस्थित नेता कार्यकर्ता अदालतको निर्णयप्रती खुशी देखिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु