शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामेछापमा प्रचण्ड-माधव समूहले यसरी गर्यो संसद् पुःनस्थापनाको स्वागत् (फोटोफिचर)
रामेछाप बिशेष

रामेछापमा प्रचण्ड-माधव समूहले यसरी गर्यो संसद् पुःनस्थापनाको स्वागत् (फोटोफिचर)

फागुन १२,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले रामेछापमा बुधबार बिजय र्याली तथा खुसीयाली मनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस् गत पुष ५ गते राष्ट्रपति विधादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन गरेकी थिइन् । करिव २ महिना लामो बहस तथा छलफलपछि मंगलबार साँझ प्रधानमन्त्री ओलीलाई संसद् बिघनट गर्ने अधिकार संविधानले नदिएको भन्दै सर्वोच्च अदालतले पुःनस्थापना गरि १३ दिन भित्रै संसद् बैठक बोलाउन आदेश दिएको थियो ।

लगत्तै सदरमकुमा समेत् रहेको मन्थलीमा दीप प्रज्वलन् गरि भब्य रुपमा स्वागत् गरेको (नेकपा) प्रचण्ड-नेपाल समूहले बुधबार विशाल र्यालीसहित् पुःनस्थापित् संसद्को स्वागत् गरेको हो ।

मन्थलीमा निकालिएको विजयी र्यालीमा नेकपा रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेल, जिल्ला अध्यक्ष मैनकुमार मोक्तान, जिल्ला सचिव शान्ति पौडेल, संविधानसभाका सदस्यद्वय तारानारायण श्रेष्ठ, लक्ष्मी गुरुङ, मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेत, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, नेताहरु टंकलाल घिसिङ, ज्ञान कुमार श्रेष्ठ होम बुढाथोकी, प्रेमा लामा लगायतको सहभागीता रहेको थियो ।

विजयी जुलुसमा सहभागी हुन विभिन्न स्थानीय तहबाट नेता तथा कार्यकर्ताहरु सदरमुकाम मन्थलीमा आएका थिए । उनीहरुले संसद् पुःनस्थापना नेपाली जनताको जित् भएको बताएका छन् ।

May be an image of 11 people, people standing and outdoorsMay be an image of 6 people, people standing and outdoors

May be an image of 4 people, people standing, crowd and outdoors

फोटो : नवीन कार्कीको फेस्बुकबाट

फेसबुक प्रतिक्रियाहरु