बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ओलीले हाम्रो संविधान र संघियतालाई आफ्नो कुर्सीसँग साटे – नेकपा नेता जनार्दन शर्मा
समाचार

ओलीले हाम्रो संविधान र संघियतालाई आफ्नो कुर्सीसँग साटे – नेकपा नेता जनार्दन शर्मा

२८ माघ,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहद्वारा काठमाडौंमा आयोजित बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता जनार्दन शर्माले ओलीले हाम्रो संविधान र संघियतालाई आफ्नो कुर्सीसँग साटेको आरोप लगाएका छन्। ‘ ओलीले हाम्रो संविधानलाई आफ्नो कुर्सीसँग साट्नुभयो, हाम्रो संघियतालाई आफ्नो कुर्सीसँग साट्नुभयो । ‘ , उनले भने ।

शर्माले अब ओलीको मात्र नभएर सिङ्गो ओली प्रवृत्तिको विरुद्धमा उत्रिनुपर्ने बताएका छन् । ‘ हाम्रो गाली केपी ओलीलाई मात्र हैन, सिङ्गो ओली प्रवृत्ति विरुद्ध हुनुपर्छ। ओलीहरु कहाँ कुन आन्दोलनमा पैदा भए त्यसको पनि समिक्षा गरिनुपर्छ , र सबैले यसको जिम्मा लिनुपर्छ । यसको जिम्मा म पनि लिन तयार छु । ‘ ‘ तर यदि हामीले यो कुरा स्वीकार गरेनौभने फेरि ओलीहरु जन्मिरहनेछन् , महेन्द्रहरु जन्मिरहनेछन्। ‘ , उनले भने ।

उनले थप भने, ‘ आज संविधानमा लेखिएका जनाधिकार कानुन बनाउने क्रममा भाँचिएको छ , अपाङ्ग बनाइएको छ । गणतन्त्र विरोधीहरुले यो हाम्रो खबरदारी सुनुन, यदि यस्तै भईरहने हो भने आज यहाँ देखिएका जनता विद्रोहमा उत्रिन सक्छन्। ‘

जनताको जनाधिकारलाई कुण्ठित गर्ने, जनताको मौलिक अधिकारका कुरालाई केबल नारामात्र बनाउने तर कार्यन्वयन नगर्ने प्रवृत्ति विरुद्द संघर्ष गर्दै आएको र अझै संघर्ष गर्दैजाने पनि उनले बताए ।

सम्बोधनको क्रममा उनले थप भने,’ अन्धकारलाई अन्त्य गर्ने क्षेत्रमा अब नयाँ कुलमानहरुलाई न्युक्ती गर्नुपर्छ । नयाँ कुलमानको माध्यमबाट जनताका समस्या समाधान गर्नुपर्छ । जसको लागी केपी ओली जस्तो नेतृत्व होइन एउटा सक्षम नेतृत्व चाहिन्छ । ‘ ‘ राष्ट्रको साधनस्रोतहरु अब दलालको हैन जनताको हातमा हुनुपर्छ ‘ , उनले भने ।

नगरिक, बुद्धिजीवी र सबै सचेत नागरिकलाई समेटेर अब लोकतन्त्र बचाउँने लडाइँमा अघि बढ्नुपर्ने कुरा पनि उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु