शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रामेछापमा विकास निर्माण अनगिन्ती,ओलीले गरेका विकास भनिसाधै छैनन्- कैलाश ढुङ्गेल (भिडियोसहित)
रामेछाप बिशेष

रामेछापमा विकास निर्माण अनगिन्ती,ओलीले गरेका विकास भनिसाधै छैनन्- कैलाश ढुङ्गेल (भिडियोसहित)

पुष २३,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ओली समूहका नेता कैलाश ढुङ्गेलले जिल्लाका ओली समूहबाट फुटेर गएका आफ्ना नेताहरु फेरी आफ्नै समूहमा आउने बताएका छन् ।

बुधबार जिल्ला कमिटी तेस्रो भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका ढूङ्गेलले भने-उहाँहरु अहिले बाटो बिर्सिएर यता उहा भौतारिनू भईरहेको छ, केहीमहिनापछि उहाँहरु आउने यही ठाउँहो, यहि घर हो, अहिले बाहिरको कुराले म्यन्टल्ली रुपमा तयार हुदै हुनुहुन्छ, सोच्दै हुनुहुन्छ, केही समयपछि आउनू हुन्छ, र हामीले उहाँहरुलाई हटाएकापनि छैनौं, सधै स्वागत छ हाम्रो भने ।

पूर्व एमालेका शान्ति प्रसाद् पौडेल र केन्द्रीय सदस्य देवशंखर पौडेल हाल ओली समूह त्याग गरि प्रचण्ड -नेपाल समूहमा लागेका छन् ।

मन्त्री ढुङ्गेलले केपी ओली  मात्रै देशको विकास् गर्ने नेता भएको जिकिर गरेका थिए । उनले नेपाली जनताले गनेर  साध्य नहुने, याद् नहुने गरि विकासको गरेको ठोकुवा गरे । करिब १५ मिनेट समय बोलेका उनले अधिकांश समय ओलीको गुनगान गाएका थिए । भने प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगाएतको कारणले पार्टी फुटेको जिकिर गरे ।

उनले विगतमा बागमती प्रदेशको सबैभन्दा अविकासित रामेछाप अहिले १३ जिल्लाको बाराबरी/हाराहारीमा विकास् आफूले चुवान जितेको ३ वर्षमै बनाउन सफल भएकोमा खुसी ब्यक्त गरे ।

बाँकि भिडियोमा,,

https://www.facebook.com/640650639609324/videos/393569661901696/

फेसबुक प्रतिक्रियाहरु