शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • संसद् बिघटन् : कांग्रेस अदालतको फैसला कुरी रहेका छ-देउवा (भिडियो)
समाचार

संसद् बिघटन् : कांग्रेस अदालतको फैसला कुरी रहेका छ-देउवा (भिडियो)

पुष १६,

रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटन बिरुद्ध अदालतको निर्णय पर्खिरहेको बताएका छन् । संसद् बिघटन विरुद्ध सशक्त आन्दोलन गर्ने उनको भनाई रहेको छ ।

संसद् बिघटन असंवैधानिक अलोकतान्त्रिक, भएको ठहर गर्दै अदालतले गर्ने निर्णयलाई कुरेर बसेको बताए । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा  कांग्रेसको सूचना ,सञ्चार तथा प्रचार विभागले आयोजना गरेको भर्चुवल कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अदालतले जनताको पक्षमा फैसले गर्ने विश्वास् समेत ब्यक्त गरे ।

कांग्रेसले र्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउदै आएको छ ।

आज कांग्रेसले ७७ वटै जिल्लामा कार्यक्रम गर्दै छ ।

रामेछापमा पनि कांग्रेसले कार्याक्रम आयोजना गर्न सक्ने आठ वटै स्थानीय तहहरुलाई मेलमिलाप दिवस् मनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको प्रवक्ता नारायाण बहादुर खड्काले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार जिल्ला सभापति लवश्री न्यौपानेसहिको उपस्थितिमा मन्थलीस्थित बीपीको शालिकमा माल्यार्पण गर्न छ । दिउँसो भूत पूर्वक सैनिकको मिडिया हलमा कार्यक्रम आयोजना गरेको छ ।

त्यस्तै दोरम्बा गाउँपालिकामा पनि कार्यक्रम भैरहेको उनले बताए ।

भिडियोसाभार

https://www.facebook.com/nepalicongresshq/videos/445931846783031

फेसबुक प्रतिक्रियाहरु