शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • संसद् बिघटन बिरुध्द एक हुन नाराणाकाजीको आह्वान
समाचार

संसद् बिघटन बिरुध्द एक हुन नाराणाकाजीको आह्वान

पुष १६,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समूहका प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठले  संविधानको ठाडो उलंघन गरी प्रतिनिधिसभा बिघटन गर्ने प्रतिगामी कदमको बिरुध्द एक हुन् आह्वान गरेका छन् ।

बिहिबार टुवीट् गर्दै प्रवक्ता श्रेष्ठने यस्तो बताएका छन् । उनले लेखेका छन्- हामी संविधान ,संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रको पक्षमा संघर्ष गरिरहेका छौं । त्यस प्रकारको असंवैधानिक कदम चालिएको पौष ५ गतेको कालो दिन पछि पौष ७ गते हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) लाई कमजोर पार्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने उदेश्यका साथ गुटगत कदमलाई उत्कर्षमा पुर्याईयो ।हामी त्यसप्रकारको बिसर्जनवादी प्रवृत्ति का बिरुध्द पार्टी तथा नेपाली कम्युनिष्ट आन्दोलनको पक्षमा संघर्ष गरिरहेका छौं । यतिबेला हामी मुख्यत: प्रतिगमन बिरुध्द संविधान र लोकतन्त्रको रक्षामा नै जोड दिरहेकाछौं । त्यसैले पार्टीका सम्पूर्ण कमरेडहरुलाई उक्त महान् उदेश्यलाई केन्द्रमा राखी बिचार,सिध्दान्त ,राजनीति ,मूल्य र तथ्यमा आधारित भएर छलफल -बहस गर्न र तात्कालिक क्षणिक स्वार्थका लागि अनर्गल गालि गलौज एवं झुठा प्रचारमा लाग्नेहरु झैं प्रस्तुत नहुन अनुरोध गर्दछु । हाम्रा लागि देश ,जनता ,पार्टी र क्रान्तिको पक्षमा तथ्य र सत्यको उद्घाटन नै पर्याप्त हुनेछ । नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिलाई बिकृतीकरण तथा भ्रष्टीकरण बाट बचाउनु पर्दछ ।

फेसबुक प्रतिक्रियाहरु