बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गोकुलगंगामा : ऐक्सरेसहितका सेवा उपलब्ध हुने ५ करोडको लागतमा अस्पलात संचालनको तयारी
रामेछाप बिशेष

गोकुलगंगामा : ऐक्सरेसहितका सेवा उपलब्ध हुने ५ करोडको लागतमा अस्पलात संचालनको तयारी

पुष १६,

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा करिब ५ करोडको लागतमा निर्माण सम्पन्न हुने अस्पताल संचालनको तयारी गरिएको छ । अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

बिहिबार जुनेली न्युजसंग कुरा गर्दै पालिका प्रमुख खड्ग सुनुवारले भने-अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ,केही दिनमा औपचारिक रुपमा संचालन गर्ने छौं, निर्माणमा हामी सबै खटिएका छौं, सबै निर्माण भवन, आवश्यक उपकरण, १२ जना चिकित्सक, अस्पताल वरपर बाटोघाटो, फूलबारी,जग्गासहित सम्पर्ण गरेर ५ करोड लागत पुग्ला, सबै लागत कति लाग्यो भन्ने हिसाब किताब भैरहेको छ, अस्पताल संचालन केही दिनमै आउछ ।

उनकाअनुसार पालिकाको वडा नं ३ भिमसेन थानस्थित् निर्माण भएको अस्पताल संचालनमा आएका पालिकाका नागरिकहरुले ऐक्सरे, फार्मेसी,डाक्टरी सेवालगाएतका सेवा पाउने छन् । त्यहाँ दुई जना डाक्टरसहित १२ जना स्वास्थ्यकर्मीले सेवादिने छन् । अहिले स्टाफ रुम, बिरामी कुर्ने प्रतिक्षालय, प्राविधिक ब्यवस्थापनको काम भैरहेको प्रमुख प्रशासकिय अधिकृत ओम प्रसाद सुवेदीले जानकारी दिए ।

Image may contain: cloud, sky, house, outdoor and nature, text that says '1 REDMI NOTE 9 PRO Al QUAD CAMERA'

Image may contain: one or more people, sky, house and outdoor

Image may contain: indoor, text that says 'REDMI NOTE 9 PRO Al QUAD CAMERA'

फेसबुक प्रतिक्रियाहरु