बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • उमाकुण्डमा जीनव घतानेको अध्यक्षतामा रामेछाप संस्कृतिक कलाकार समाज गठन
रामेछाप बिशेष

उमाकुण्डमा जीनव घतानेको अध्यक्षतामा रामेछाप संस्कृतिक कलाकार समाज गठन

मंसिर १४,

रामेछाप । रामेछाप संस्कृतिक कलाकार समाजले आफ्नो शाखा गाउँपालिका स्तरसम्म पुर्याएको छ । आइतबार उमाकुण्ड गाउँपालिकामा गाउँपालिका स्तरिय समिति गठन गरेको हो । समाजको केन्द्रीय उपाअध्यक्ष  सन्ध्या सानु को सभापती तथा उमाकुण्ड गा.पा वडा नं २ का अध्यक्ष खम्बध्वज बस्तेतको प्रमुख आतित्थ्यतमा जीवन घतानेको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको उपाअध्यक्ष सानुले जुनेली न्युजलाई जानकारी दिईन् ।

उनका अनुसार उमाकुण्ड गाउँपालिका  वडा नं २ बाम्तिभण्डारमा १३ सदस्यीय समिति गठन गरी आगामी दिनमा गाउँपालिकामा संस्मृतिक परम्परा, लोक संस्कृति जोगाउन काम गर्ने बताइन् ।

पालीका स्तरीय कलाकार समाजको उपा-अध्यक्षमा हिमाल सुनुवार चयन भएका छन्  भने  सचिवमा दृष्टी खाती चयन भएकी छिन् । त्यस्तै मनिष सुनुवार सह-सचिव र कोषाअध्यक्षमा सिमान्तसिंह बराईली  साथै सदस्यहरुमा
सुमन बराईली, रविन्द्र घताने, बविता कार्की, अरुणा खाती, गिरिराज खड्का, अभिनाश खाती, पुजा कार्की र प्रसिला सुनुवार निर्वाचित हुनु भएको छ ।

कार्यक्रम को  संयोजन रामेछाप संस्कृतीक कलाकार समाज का केन्द्रिय सदस्य बालकृष्ण घिमिरेले गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु