बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कोरोना जितेर ३६ दिन पछी ग्रान्डी अस्पतालबाट कांग्रेस नेता मीन बिश्वकर्मा डिस्चार्ज
समाचार

कोरोना जितेर ३६ दिन पछी ग्रान्डी अस्पतालबाट कांग्रेस नेता मीन बिश्वकर्मा डिस्चार्ज

मंसिर १४,

काठमाडौं । पूर्व मन्त्रीसमेत रहेका प्रतिनीधी सभा सदस्य मीनबहादुर बिश्वकर्मा ३६ दिनको उपचारपछि डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि ३६ दिनअघि कात्तिक ८ गते वीर अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा श्वासप्रश्वासमा पनि समस्या देखिएपछि उनलाई कात्तिक ११ गते धापासीस्थित ग्रान्डि अस्पतालमा सारिएको थियो ।

उनलाई कोरोना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । निमोनियाकै कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनको स्वास्थ्य हाल सुधार भएका कारण ३६ दिनपछि डिस्चार्ज गरिएको उनका सहयोगी टेकबहादुर बिकले जानकारी गराएका छन् । उनको स्वास्थ्य उपचारमा सहयोग गर्ने र शुभेच्छा राख्‍ने सम्पूर्णलाई धन्यवाद दिइएको छ ।

फेसबुक प्रतिक्रियाहरु