शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछाप-सिन्धुली जोड्ने ४६५ मिटर लामो झोलुङ्गेपुल निर्माणको काम सुरु
रामेछाप बिशेष

रामेछाप-सिन्धुली जोड्ने ४६५ मिटर लामो झोलुङ्गेपुल निर्माणको काम सुरु

मंसिर १५,

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने झोलुङ्गे पुल निर्माणको काम सुरु भएको छ ।

रामेछापको खाडादेवी गाउँपालिका वडा नं- १ राकाथुमस्थित सुनकोसी नदिको सिन्धुली र रामेछाप जिल्ला जोड्ने राकाथुमको कोथपे- मधुवाबगरमा झोलुङ्गे पुल निर्माणको अगाडी बढाइएको वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुल निर्माणको लागि लेआउट ( layout )को काम सुरु गरिएको हो ।

संघीय सरकारको बजेट अन्तर्गत करिब ७ करोड ५० लाखमा निर्माण हुने यो पुल ४६५ मिटर लामो हुने उनले बताए । पुल बनेमा सिन्धुली-रामेछापको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमको कोथपेका सुनकोसी नदिमा काठको डुङ्गा, र्याफ्टिङ र ट्युवबाट कष्टकर यात्रा गर्न अन्त्य हुनेछ । स्थानीयहरुलाई आवत जावतमा सहजता हुने छ ।

पुल निर्माणको लागि ठेकेदार मार्फत निर्माण कम्पनी, डोलिडारका इन्जिनियर, प्राविधिक र स्थानीय युवाहरूको सक्रियतामा काम आइतबारदेखि सुरु गरेको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।

कोथपे- मधुवाबगर झोलुङ्गे पुलको निर्माण कार्य द्रुतगतिमा अगाडी बढ्ने उनको विश्वास छ ।

फेसबुक प्रतिक्रियाहरु