बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • रामेछापका तीन पालिकासहित देशैभरीका ३९६ पालिकामा आज एकैसाथ अस्पताल शिलान्यास हुँदै (सूचीसहित)
रामेछाप बिशेष

रामेछापका तीन पालिकासहित देशैभरीका ३९६ पालिकामा आज एकैसाथ अस्पताल शिलान्यास हुँदै (सूचीसहित)

मंसिर १५,

रामेछाप । रामेछापको तीन गाउँपालिकासहित सोमबार देशैभरिका ३९६ पालिकामा अस्पताल र ७ वटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । नेपाल सरकारको निर्णयमा गाउँपालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । रामेछाप जिल्लाको उमाकुण्ड, दोरम्बा र सुनापति गाउँपालिकामा शिलन्यास हुने छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा ५ देखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ। सरकारले सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्याउने उद्देश्यले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । अहिले सङ्घमा १ मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । पालिकामा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र पालिकाका प्रमुखले पनि शिलान्यास गर्नेछन् ।

७५३ पालिकामध्ये ६४९ पालिकामा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ पालिकामा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।

प्रदेश नं १ मा ३२ पालिकामा, प्रदेश नं २ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास  हुदैछन् ।

अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई ५ देखि १५ शैय्याको अस्पताल बनाउनका लागि ६४ अर्ब ९ करोड बजेट पठाइसकेको छ । ५ शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

कुन पालिकामा कति लागतमा अस्पताल बन्दैछ, हेर्नुहोस् :

फेसबुक प्रतिक्रियाहरु