शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बागमगी प्रदेशभरीका प्रहरीलाई कुनै पनि चिजको अभाव हुन दिन्न :कानूनमन्त्री जम्कट्टेल
रामेछाप बिशेष

बागमगी प्रदेशभरीका प्रहरीलाई कुनै पनि चिजको अभाव हुन दिन्न :कानूनमन्त्री जम्कट्टेल

मंङ्सिर १५,

रामेँछाप । बागमति प्रदेशका आन्तरिक मामिला तथा कानून  मन्त्री शालिकराम जकट्टेलले प्रदेश भरका सुरक्षा निकायहरुलाई कुनै पनि चिजको अभाव हुन नदिने बताएका छन् । दोरम्बा गाँउपालिकाको दोरम्बा बजारमा नवनिर्मित प्रहरी चौकीको साँढे दुई तल्लाको पक्की भवन, ब्यारेक र शौचालय भवनहरुको उद्घाटनलाई सम्बोधन गर्दै उनले यस्तो भताएका हुन् ।

उनले भने-कुनै पनि घटना घट्नै नदिन पनि प्रहरीका् भूमिका छ । शिघ्र त घटनाको तत्काल रेस्पोन्स गर्न भनेको हुन सक्ने क्षेति कम गर्नु हो,  सुशासन , विकास , सुरक्षा र स्थाइत्वका हामी सुरक्षित छौ, हामिले गर्न चाहेको काम स्वतन्त्र भएर, सुरक्षा निकाएको सबै ठाउमा साथ सहयोग चाहिन्छ, १० जिल्ला नया भवन निर्माणसँगै फर्निचरको व्यवस्था गर्ने गरी योजना बनाउने प्रदेश प्रहरी समायोजन सकिएसँगै प्रलेश प्रहरी सुरक्षा निकायलाई कुनैपनि अभाव हुन नदिने अठोट गरे । उनले  स्थानिय निकायलाई बजेट विनियोज गर्दा सुरक्षा निकायमा पनि लगानी गर्न आग्रह गरे ।

उनले धेरै प्रहरी चौकीहरु भाडामा बसेको, प्रहरी चौकीहरुको स्थायी संरचना नहुनदा सेवा प्रवाहमा कठिनाइ भैरहेको अवस्थालाई मध्यनजर गर्दै यस्ता भवनहरुले नागरिकहरुको शान्ति सुरक्षा मजबुद बनाई अपराधिक कृयाकलाप हुन नदिनका लागि सहज हुने विश्वास् ब्यक्त गरे । मन्त्रीले गाउमा कुनै पनि घट्ना घट्न नदिन प्रहरीको महत्वपूर्ण भूमिका हुने भन्दै प्रहरीलाई चाहिने भौतिक पूर्वाधार लगाएत जनशक्ति एवं प्रशासनिक समाग्रीका लागि प्रदेश सरकार जुनसुकै वेला तयार रहेको आश्वसन दिए ।

मन्त्री जम्कट्टेलले समाजमा हुने बेथिति र बिसंगतिलाई पनि प्रहरीले नै हटाउन सक्ने भएकोले त्यसका लागि सम्बन्धीत पालिका र वडाको सहयोगको खाचो हुँने हुँदा सम्बन्धीत निकायहरुलाई  सहयोग गर्नपनि आग्रह गरे । मूल्य अभिबृद्धि कर सहित २ करोड ३५ लाख ९० हजार ७१ रुपैयाको लागतमा  उक्त भवन निर्माण भएको थियो ।

सो अबसरमा प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख बसन्त पाठक र दोरम्बा गाउपालिका वडा नं–२ का वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठ आ–आफ्नो मन्तब्य राख्दै नव निर्मित सो भवनले सेवा प्रवाहमा सहजता आउने बताए  ।

फेसबुक प्रतिक्रियाहरु