बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खुकुरी प्रहार गरी घाइते बनाउने सिन्धुपाल्चोकका तामाङ् पक्राउ
समाचार

खुकुरी प्रहार गरी घाइते बनाउने सिन्धुपाल्चोकका तामाङ् पक्राउ

मंसिर १५,

काठमाडौं । धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका -३ नयाँचोक बस्दै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भएका ४८ वर्षीय बिष्णु तिवारी रहेका छन् । उनलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले बुढानीलकण्ठ नगपालिका-५ बस्दै आएका सिन्धुपाल्चोक चौतरा नगरपालिका-४ घर भएका ३५ वर्षीय राजकुमार तामाङ्लाई खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका हुन् । घाइतेको महानगरीय प्रहरीले उद्दार गरी न्यूरो अस्पताल बाँसबारीमा उपचार गराई रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु