शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बारामा प्रदेश २ का मुख्यमन्त्री राउतद्वरा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास
आर्थिक

बारामा प्रदेश २ का मुख्यमन्त्री राउतद्वरा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास

मंसिर १५, साजिर मंसुर,
बारा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास गरेका छन्।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको योजनामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि मुख्यमन्त्री राउत सहितको टोलीले बाराको कलैया उपमहानगरपालिका वडा नं-१६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको लागि आज एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन ।

कार्यक्रम को अध्यक्षता जिल्ला समन्वय समिति बारा का अध्यक्ष नवल किशोर सिह ,प्रमुख अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत , विशिष्ट अतिथिमा प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव ,रामसहाय प्रसाद यादव , विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य पारस प्रसाद साह ,ज्वाला साह , बाच्चा यादव,कलैया उपमहानगरपालिका का प्रमुख राजेश राय यादव ,उप प्रमुख रहिमा खातुन,प्रमुख जिल्ला अधिकारि दिपक राज नेपाल,प्रहरी उपरीक्षक कृष्ण पगेनी,सम्पुर्ण पार्टी प्रतिनिधि,कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद बर्णवाल, सहित सबै सरकारी कार्यालयका प्रमुखहरु,कलैया उपमहानगरपालिका का विभिन्न वडा का वडा अध्यक्ष ,वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

शिलान्यास कार्यक्रममा कार्यक्रम बारे समाजिक बिकास मन्त्रालय प्रदेश २ का सचिव कृष्ण काप्रीले सहजीकरण गरेका थिए । काप्रीले ७ बिघा जगामा बहुबर्‍षिय योजनामा रहेको यो अस्पतालका लागि अहिले करिब ३२ करोड बजेट संघ सरकारबाट वितिय हस्तान्तरण भएर आउने र समाजिक बिकास मन्त्रालयले बनाउने जानकारी गराए ।

कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादब ले स्वागत गरेको कार्यक्रम को संचालन समाजिक बिकास मन्त्रालय प्रदेश २ का उपसचिव ठुलोबाबु दहालले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु