शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाली कांग्रेस नेता मीन विश्वकर्मा आज अस्पतालबाट डिस्चार्ज
समाचार

नेपाली कांग्रेस नेता मीन विश्वकर्मा आज अस्पतालबाट डिस्चार्ज

मंसिर १४,

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संसद एवं नेपाल दलित संघका केन्द्रीय अध्यक्ष, पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्मा आइतबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । कोरोना पुष्टि भएपछि उनी काठमाडौेंको ग्राण्डी अस्पतालमा उपचाररत थिए । गत कात्तिक १ गते कोरोना पुष्टि भएका नेता विश्वकर्मा एक महिना १४ दिनको अस्पलात बसाइपछि घर फर्किन लागेका हुन् । उनलाई गत कात्तिक २४ गते भेन्टिलेटरबाट निकालिएको थियो ।

नेता विश्वकर्मा कोरोना पुष्टि भएपश्चात केही दिन होमआइसोलेसनमा बसेका थिए । विश्वकर्मालाई स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई आस्पताल भर्ना गरेर भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

कोरोना संक्रमित विश्वकर्माको उपचारमा विशेष ध्यानदिन नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको थियो । नेपाली कांग्रेसका नेता बाल कृष्ण खाँनले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर आफ्ना नेता कोरोना संक्रमित विश्वकर्माको उपचारमा ध्यानदिन आग्रह गरेको थिए ।file Photo

 

 नेपाली कांग्रेस नेता मीन विश्वकर्मा आज अस्पतालबाट डिस्चार्ज हुदै नेपाल विद्यार्थी संघको कामना
नेपाली कांग्रेस नेता मीन विश्वकर्मा आज अस्पतालबाट डिस्चार्ज हुदै नेपाल विद्यार्थी संघको कामना

फेसबुक प्रतिक्रियाहरु