सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कांग्रेस नेता मीन विश्वकर्मालाई भेन्टिलेटरबाट निकालियो : सिमित मान्छेसंग बोल्न थाले
समाचार

कांग्रेस नेता मीन विश्वकर्मालाई भेन्टिलेटरबाट निकालियो : सिमित मान्छेसंग बोल्न थाले

कात्तिक २४,

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसद तथा पूर्व वाणिज्य मन्त्री, नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मीन विश्वकर्मालाई भेन्टिलेटरबाट निकालिएको छ ।

सोमबार उनलाई भेन्टिलेटरबाट निकालिएको नेपाल दलित विद्यार्थी संघका केन्द्रीय एवं विश्कर्मा निकट अध्यक्ष राजु सुनारले जुनेली न्युलाई बताए । सुनारले, विश्वकर्माको उपचारमा संलग्न चिकित्सकहरुको भनाई उदृत् गर्दै भने दाईको अवस्था ठीक सुधार उन्मुख छ, केही सिमित मानिसहरु संग कुरा पनि गर्न थाल्नुभएको छ । उहाँलाई भेन्टिलेटरबाट पनि निकालिएको छ । उहाँको निगरानी भने गर्नु पर्ने छ । स्वास्थ्यमा सुधार भएको छ ।

विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना पुष्टि भएको थियो । केही दिन होमआइसोलेसनमा बसेका नेता विश्वकर्मा स्वास्थ्यमा थप समस्या भएपछि ग्राण्डी अस्पतालमा भर्ना भएर भेन्टिलेटरको सायतामा उपचार गराई रहेका थिए ।  साथै उनको फोक्सोमा पानी जमेपछि थप समस्या भएको थियो । file Photo

फेसबुक प्रतिक्रियाहरु