सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • आज नेपाली कांग्रेसका स्वार्गीय नेता गणेशमान सिंहको १०६ औं जन्मजयन्ती मनाईदै
Uncategorized

आज नेपाली कांग्रेसका स्वार्गीय नेता गणेशमान सिंहको १०६ औं जन्मजयन्ती मनाईदै

कात्तिक २४,

काठमाडौं । आज (सोमबार) नेपाली कांग्रेसका स्वार्गीय नेता गणेशमान सिंहको  १०६ औं जन्मजयन्ती मनाईदै छ । 

विगतका दिनमा नेपाली कांग्रेसले सिंहको जन्मजयन्तीको अवसरमा विभन्न कार्यक्रम आयोजना गर्दै आएको थियो । यो वर्ष भने कोरोना भाइरस संक्रमणका कारण कुनै भव्य कार्यक्रम आयोजना गरेको छैन । सोमबार बिहाना  राजधानीस्थित सिंहको शालिकमा माल्यार्पण गरिएको छ। 

कांग्रेका विभिन्न नेताहरुले सामाजिक संजाल मार्फत सिंह प्रति हार्दिक श्रदासुमन ब्यक्त गरेका छन् । उनले गरेको कामको स्मरण गरेका छन ।  स्वर्गीय सिंहलाई त्याग, संघर्ष र साहसको प्रतिमूर्तिको रुपमा लिने गरेका छन् । 

विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहलाई सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाण्डाैको क्षेत्रपाटीमा जन्मेका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो ।

फेसबुक प्रतिक्रियाहरु