शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • स्वार्गीय नेता गणेशमान सिंहको १०६ औं जन्मजयन्तीमा सभामुख सापकोटाद्वरा माल्यार्पण [फोटोफिचर]
समाचार

स्वार्गीय नेता गणेशमान सिंहको १०६ औं जन्मजयन्तीमा सभामुख सापकोटाद्वरा माल्यार्पण [फोटोफिचर]

कात्तिक २४,

काठमाडौं । नेपाली कांग्रेसका स्वार्गीय नेता गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा प्रतिनिधिसाभका सभामुख अग्नी प्रसाद सापकोटाले सिंहको शालिकमा माल्यार्पण गरेका छन् । उनले शान्ति बाटिकामा आयोजित एक कार्यक्रमका बिच माल्यार्पण गरेका हुन् ।

सोमबार भएको गणेशमान सिंहको १०६ औं जन्मजयन्ती  एवम् सहिदहरुको संस्मरणमा आयोजित जनआन्दोलन स्मृति स्वर्णपदक २०७७ सुशोभन तथा सम्मान कार्यक्रममा सहभागिता जनाउदै उनले माल्यार्पण गरेका हुन्।

कांग्रेका विभिन्न नेताहरुले सामाजिक संजाल मार्फत सिंह प्रति हार्दिक श्रदासुमन ब्यक्त गरेका छन् । उनले गरेको कामको स्मरण गरेका छन । स्वर्गीय सिंहलाई त्याग, संघर्ष र साहसको प्रतिमूर्तिको रुपमा लिने गरेका छन् ।

विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहलाई सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाण्डाैको क्षेत्रपाटीमा जन्मेका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो ।

फोटो हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु