सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा उलेख्या सुधार
समाचार

कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा उलेख्या सुधार

कात्तिक २२,

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संसद मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ । उनलाई गत कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचार गराई रहेका छन् । उनको स्वास्थ्य पहिलेको भन्दा धेरै सुधार भएको उनी निकट नेपाल दलित विद्यार्थी संघका केन्द्री अध्यक्ष्य राजु सुनारले जानकारी दिए ।

कोरोना पुष्टि भएपश्चात केही दिन होमआइसोलेसनमा बसेका थिए । विश्वकर्मालाई स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई आस्पताल भर्ना गरेर भेन्टिलेटरमा उपचार गरिएकोमा अहिले आईसियूमा राखेर उपचार भैइरहेको छ । केही दिनमा आईसियूबाट निकालिने तयारी रहेको चिकित्सकको भनाईलाई उदृत् गर्दै सुनारले जुनेली न्युजलाई बताए । सुनारले संक्रमित विश्वकर्माको स्वास्थ्य लाभको कामना गरेका छन् ।

कोरोना संक्रमित विश्वकर्माको उपचारमा विशेष ध्यानदिन नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराईसकेको छ । नेपाली कांग्रेसका नेता बाल कृष्ण खाँनले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर आफ्ना नेता कोरोना संक्रमित विश्वकर्माको उपचारमा ध्यानदिन आग्रह गरेको थिए ।file Photo

फेसबुक प्रतिक्रियाहरु