शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार
समाचार

हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार

कात्तिक २२,

काठमाडौं । हाँस्य कलाकार मनोज गजुरलको स्वास्थ्यमा सुधार आएको छ । कोरोना संक्रमणबाट पीडित बनेका गजुरललाई संक्रमणले थप समस्यामा पारेकाले अस्पताल भर्ना गरिएको छ । उनी कोरोना संक्रमण पुष्टि भएको केही दिन होम आसोलेसनमा बसेका थिए ।

घरमै होमआइसोलेसनमा बसेका गजुरेललाई संक्रमणले धेरै ग्रसित बनाएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो । केही सचारमाध्यममा उनको अवस्था गम्भिर भएको भनि समाचार आएको प्रती उनका परिवारले त्यस्तो मिडियामा आएजस्तो नभएको बताएका छन । भने शुक्रबार साँझ गजुरेले सामाजिक संचाल फेसबुक पेजमा लेख्दै आफू बिहिबारको भन्दा सुधारको अवस्थामा रहेको बताएका हुन् ।

उनले सामाजिक संजालमा लेख्दै भनेका छन्-आराम छु, आरामको कामना गर्दछु । हिजोको भन्दा राम्रो भैरहेको छ  । स्वास्थ्य लाभको कामना भनेका छन् । उनलाई कात्तिक ११ गते कोरोना भाइरस संक्रमण (कोभिड-१९) पुष्टि भएको थियो ।

No description available.

फेसबुक प्रतिक्रियाहरु