शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • नेपाली काँग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारका पती अमेरीकामा अज्ञात समूहको आक्रमणबाट गम्भिर घाइते
समाचार

नेपाली काँग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारका पती अमेरीकामा अज्ञात समूहको आक्रमणबाट गम्भिर घाइते

कात्तिक २२,

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य एवं नेपाल दलित संघ केन्द्रीय महासचिव लक्ष्मी परियारका पती अमेरीकामा  अज्ञात समूहको निर्घात कुटाईबाट गम्भिर घाइते भएका छन् ।

तिर्थ सेवा परियारलाई अमेरिकाको मेरिल्याण्ड राज्यको स्थानीय समय अनुसार शुक्रबार राति ठिक ९:०० बजे तिर काम सकेर घर फर्किने क्रममा अपराधीक समूहले संघातिक लमला गर्न उनी गम्भिर घाइते भएका हुन् ।  आक्रमणबाट सेवाको टाउकोमा ठूलो चोट लागेका कारण अझै अर्धचेत अबस्थामा उपचाभैरहेको नेपाल दलित विद्यार्थीसंघका केन्द्रीय अध्यक्ष तथा  लक्ष्मी परियार निकट राजु सुनारले जुनेली न्युजलाई जानकारी दिए । उनको उपचार हुने क्रम जारी छ।

घटनाको बारेका थप अनुसान्धान भैरहेको उनले बताए ।

फोटो : राजुसुनारको फेसबुकबाट

फेसबुक प्रतिक्रियाहरु