सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मन्थलीका सबै सहकारीले १० प्रतिशत लगानी कृषि क्षेत्रमा गरिदिनुस्- नगरप्रमुख बस्नेत (अडियोसहित)
रामेछाप बिशेष

मन्थलीका सबै सहकारीले १० प्रतिशत लगानी कृषि क्षेत्रमा गरिदिनुस्- नगरप्रमुख बस्नेत (अडियोसहित)

मंसिर १३,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले नगरभित्रका सहकारी संस्थाले १० प्रतिशत रकम कृषि क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन् । नगरभित्रका सहकारी संस्थालाई हेरेर मर्ज गर्ने कार्य सुरु गर्न लाग्नु पर्ने बताउदै उनले १० प्रतिश लागानी सहकारीहरुले नगरभित्रका कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले भने- १० प्रतिशत लगानी कृषिमा गरिदिनुहोस् गाउँका जमिन बाजै छोडेका छन् कृषकले कृषिबाटै हाम्रो समृद्धी सम्भव छ । कृषि पेशमा सबै लाग्नु पर्ने भन्दै उनले पशुपालनमा कोइपनि नलाग्ने हाम्रा केही स्थानीय कच्चा पद्धार्थमा स-साना उद्योगहरु खोल्नु पर्नेमा जोड्दिए ।

अडियोसुनुहोस्

मन्थली बचत तथा ऋण सहकारीको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले केही पनि नगर्ने, जव संकट पर्छ त्यसपछि हामि हतार- हतार गाउँ फर्कन्छै । अनि त्यही वस्तु पाल्ने व्यासाय व्यावस्थ ग्रन सक्दैनौं रोजगारीको लागि खाडीमूलुक जान रमाउछौं उनले भने । कृषिलाई अघि लान नसकेमा हामीलाइ ठुलो संकट देखा पर्न सक्छ भने ।

अर्को प्रशंगमा उनले नगरभित्रका ३ वटा विद्यालय बाहेक ६९ वटा विद्यालय पूर्ण रुपमा सञ्चालन गर्दा कुनैपनि असर नपर्ने देखिएको बताए । ७२ वटा विद्यालयमा ३ वटा विद्यालयमा मात्रा समस्या देखा परेको छ । जसमा मन्थली मा.वि , लिटिर स्टार बोडिङ स्कुल, तामाकोशी बोडिङ स्कुल रहेका छन् उनले भने । र ति विद्यालयका ३५ सय विध्यार्थीको भविष्य कसरी व्यावस्तीत गर्ने भन्ने बारेमा हामीले सोच्नु पर्ने बेला आएको छ भने ।

फेसबुक प्रतिक्रियाहरु