बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जिल्ला अस्पताल रामेछापका दुई जना कर्मचारीसहित तीन जनामा कोरोना पुष्टि : कूल संक्रमित २२८
रामेछाप बिशेष

जिल्ला अस्पताल रामेछापका दुई जना कर्मचारीसहित तीन जनामा कोरोना पुष्टि : कूल संक्रमित २२८

असोज २८,

रामेछाप । रामेछाप जिल्लामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत् गत २६ गते ९९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको स्वाबमा ३ जनाको पोजेटिभ आएको उल्लेख गरेको छ ।

संक्रमित हुनेमा मन्थली नगरपालिका वडा नं ६ का ३८, वडा नं ११ का ६३, ४८ वर्षका पुरुष छन् । उनीहरु २ जना जिल्ला अस्पताल रामेछापका कर्मचारी हुन् ।

संक्रमिहरुलाई जिल्ला अस्पतालमा राखिएको छ । मंगलबार मात्रै मन्थलीमा २० सहित २२ जनामा जिल्लामा संक्रमित थपिएका थिए । यो संगै जिल्लामा संक्रमितको संख्या २ सय २८ जना पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु