शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रामेछापको मन्थलीमा कर कर्यालयको शाखा विस्तार : धुलिखेल जाने बाध्यता हट्यो
रामेछाप बिशेष

रामेछापको मन्थलीमा कर कर्यालयको शाखा विस्तार : धुलिखेल जाने बाध्यता हट्यो

असोज २८

रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बुधबारदेखि आन्तरिक राजस्व कार्यालयको शाखा स्थापना भएको छ। विगतमा आन्तरिक राजस्व कार्यालय धुलिखेलबाट सेवा लिदा सास्ति बनेका रामेछाप जिल्लाका करदातहरुले अबदेखि आफ्नै जिल्लाको सदरमुकाम मन्थली बजारको मदन आश्रित स्मृतीचोकमा रहेको शाखा कार्यालयबाट सेवा लिन पाउने भएका छन् । शाखा कार्यालय स्थापना भए संगै रामेछाप बासी खुसी भएका छन् ।

बुधबार मन्थली नगर पालिकाको नगर प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी रामेछाप शाखा बाट कार्य शुभारम्भ गरिएको छ ।
शुभारम्भ कार्यक्रममा बोल्दै नागरिकहरुको सहजतको लागि काम गर्ने बिश्वास् ब्यक्त गर्नु भयो ।नगर प्रमुख बस्नेतले धुलिखेल जानु पर्ने बाध्यता हटेको बताउदै नागरिकहरुको सेवामा सधैब कार्यलयले काम गर्ने बताउनु भयो । उहाँले नागरिकको हितमा काम गर्न समेत आग्रह गर्नु भयो ।
जिल्लामा शाखा कार्यालय विस्तार भए संगै जिल्लामा रहेका करिब ५ हजार ७ सय करदाताहरुले १ सय कि।मिटाढा रहेको आन्तरिक राजस्व कार्यालय धुलिखएन जानु पर्ने बाध्यता समेत हटेको छ ।

राजस्व कार्यालय संचालनाम आयसंगै कार्यालयबाट व्यक्तिगत प्यान,व्यवसायिक प्यान, भ्याट, रजिष्टेसन गर्ने,व्यवसाय दर्ता, खारेज, करचुक्ता प्रमाण पत्र, प्रदान गर्ने, कर विवरण, आय विवरण, अन्तःशुल्क, विवरण बुझाउने लगायतका सेवा प्रदान हुने बताइएको छ ।

त्यस्तै करदाता शिक्षा प्रदान गर्ने र बजार अनुगमन गर्ने ,अवैध मदिरा नियन्त्रण गर्नेलताएक काम गर्ने पनि बताइएको छ ।

 

No description available.

 

फेसबुक प्रतिक्रियाहरु