शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापमा ११ वर्षीय बालकसहित ५ जनामा कोरोना पुष्टि : उमाकुण्डमा पहिलो पटक देखियो,
रामेछाप बिशेष

रामेछापमा ११ वर्षीय बालकसहित ५ जनामा कोरोना पुष्टि : उमाकुण्डमा पहिलो पटक देखियो,

असोज १०,

रामेछाप । रामेछाप जिल्लामा शनिबार थप ५ जनामा कोरोना पुष्टि भएको छ । आज मन्थली, रामेछाप नगरपालिका र उमाकुण्ड गाउँपालिकाका गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल रामेछापले जनाकारी दिएको छ । उनीरहको ३२ जनाको स्वाब मध्येमा २ जनाको पोजेटिभ आएको हो ।

जिल्ला अस्पतालले दिएको जानकारी अनुसार मन्थली नगरपालिका १ की २७ वर्षीय एक महिलामा पोजेटिभ देखिएको छ ।

त्यस्तै रामेछाप नगरपालिकामा २ जनाको पोजेटिभ आएको हो । उनीहरुको गत असोज ८ गते स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो । जसमा पोजेटिभ हुनेमा ३८ वर्षका पुरुष छन् । एक जना भने कैदी २२ वर्षका रहेका छन् । उनी रामेछाप वडा नं ८ का स्थानीय हुन् ।

त्यस्तै उमाकुण्ड गाउँपालिकामा पहिलो पटन कोरोना देखिएको हो । जसमा वडा नं ५ का २ जना पुरुषमा  संक्रमण पुष्टि भएको हो । उनीहरुको २७ जनाको स्वाब पठाइएकोमा ३० वर्षीय महिले र ११ वर्षका बालक रहेका छन् । उनी भारतबाट आएका थिप । उनी क्वारेटिनमा बसेका थिए । फाइल फोटो

No description available.

फेसबुक प्रतिक्रियाहरु