शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिकामा डिजिटल प्रोफाईल तथा अनलाईन पेमेन्ट सिस्टम सुचारु
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिकामा डिजिटल प्रोफाईल तथा अनलाईन पेमेन्ट सिस्टम सुचारु

जुनेली न्युज, काठमाडौँ |

गोकर्णेश्वर नगरपालिकामा डिजिटल प्रोफाईल तथा अनलाईन पेमेन्ट सिस्टम सम्बन्धि अभिमुखिकरण कार्यक्रम बागमती प्रदेश,काठमाण्डौ गोकर्णेश्वर नगरपालिकामा “सूचना प्रबिधिमा आधारित हाम्रो सेवा,गोकर्णेश्वरको सर्वाङ्गिक विकासमा टेवा ” भन्ने मुल नाराका साथ digital profile तथा online payment system सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा नगरपालिकाका मेयर सन्तोष चालिसेको अध्यक्षता तथा नगरपालिकाकी उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरु विभिन्न राजनितिक दलका प्रतिनिधिहरु,समाजसेबी,बुद्धिजीवी, कर्मचारी, पत्रकारहरु लगाएतका ब्यक्तित्वहरुको समुपस्थितिमा पिस ब्यङ्केट पार्टी प्यालेस जोरपाटी नारायणटारमा कार्यक्रम भएको हो भने कार्यक्रमको सहजीकरण भुपेन्द्र बोहोराले गरेका थिए।

कोरोनाको सन्त्रासलाई मध्येनजर गर्दै सामाजिक दुरी कायम गरि नगरप्रमुख सन्तोष चालिसेको हातबाट पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो भने स्वागत मन्तब्यद्वारा उपस्थित सम्पुर्णलाई शाखा अधिकृत टंक नाथ घिमिरेले स्वागत गरेका थिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले शुभकामना मन्तब्य राख्दै आधुनिक समयमा प्रबिधिले मान्छेलाई प्रभावित बनाएको छ। हिजोको भन्दा थप परिस्कृत ,परिमार्जित र प्रभाबकारी सेवाको अपेक्षा आम नगरबासीले गरिरहेको र त्यस्तो आवश्यकता पूर्ति गर्ने अपेक्षा अनुरुप अगाडि बढ्दै जनतालाई सेवाको प्रत्याभूति दिलाउनु जनप्रतिनिधिहरुको पहिलो कर्तब्य हो। नया प्रबिधिको उपयोग गर्दै गुणस्तरिय रुपमा सेवा प्रदान लाभको माध्यम बाट र त्यसले जनताको जीवनमा पारेको सामाजिक आर्थिक पक्षका सकारात्मक प्रभाबका माध्यमबाट अनुभूति गर्न पाउनुपर्छ भन्ने पबित्र भावनाका साथ स्वीकृत कार्यक्रमको कार्यन्वयनका लागि नगरपालिकाको तर्फ बाट एउटा डिजिटल प्रोफाइल गत वर्षबाट नै तयार भएको जानकारी दिदै डिजिटल प्रोफाइल निर्माण गर्ने त्यसलाई व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमा योगदान पुर्याउने सबैलाई धन्यबाद दिएका थिए ।

बागमती प्रदेश,काठमाण्डौ गोकर्णेश्वर नगरपालिकामा “सूचना प्रबिधिमा आधारित हाम्रो सेवा,गोकर्णेश्वरको सर्वाङ्गिक विकासमा टेवा ” भन्ने मुल नाराका साथ digital profile तथा online payment system सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिकाको आयोजनामा नगरपालिकाका मेयर सन्तोष चालिसेको अध्यक्षता तथा नगरपालिकाकी उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरु विभिन्न राजनितिक दलका प्रतिनिधिहरु,समाजसेबी,बुद्धिजीवी, कर्मचारी, पत्रकारहरु लगाएतका ब्यक्तित्वहरुको समुपस्थितिमा पिस ब्यङ्केट पार्टी प्यालेस जोरपाटी नारायणटारमा कार्यक्रम भएको हो भने कार्यक्रमको सहजीकरण भुपेन्द्र बोहोराले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले सिस्टम ल्याउनु एउटा पक्ष भए पनि त्यो सिस्टमलाइ कार्यन्वयनमा ल्याउनु ठुलो कुरा भएको बताउदै त्यसको लागि सबैजनाको सहयोग आवश्यक भएको बताए ।राजस्व निर्धारण तथा सङ्कलन कार्यलाई अनलाइन प्रणालीमार्फत शुरु गरेपछि यसको प्रभावकारिता बढ्ने बिश्वास ब्यक्त गरेका थिए ।

कोभिड– १९ को महामारीको यस समयमा सम्भावित सङ्क्रमणबाट बच्न व्यक्ति/व्यक्तिबीच भौतिक दूरी कायम राख्न पनि यो प्रविधिले ठूलो सहयोग पुग्ने उनले बताए । सेवाग्राहीहरुले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो नगरपालिकामा आउने भएकाले अब सबैले आफ्नो घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात गर्न लागेको पनि बताए। त्यसै गरि उनले डिजिटल प्रोफाइल पनि अन्तिम चरणमा पुगेको बताउदै डाटा सर्वे को काम केहि दिन भित्र नै सकाउन उनले अनुरोध गरेका थिए । मेयर चालिसेले डिजिटल प्रोफाइल निर्माण पश्चात गोकर्णेश्वर नगरपालिकाको सम्पूर्ण बस्तुस्थितिको जानकारी लिनको लागि यो प्रणाली उत्तम हुने बताएका थिए।

स्रोत : मुग्लानी खबर आनलाइन

फेसबुक प्रतिक्रियाहरु