शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ सहित १३५३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
समाचार

२४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ सहित १३५३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

असोज ६

काठमडौं । पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४८ हजार ०६१ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५० वर्षीय पुरुष र काभ्रेमा ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।

योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु