शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गोकुलगंगामा काठमाडौं लगाएतका ठाउँबाट आउनेहरु सबै अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने
रामेछाप बिशेष

गोकुलगंगामा काठमाडौं लगाएतका ठाउँबाट आउनेहरु सबै अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने

असोज ०६

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा काठमाडौँबाट प्रवेश गर्नेलाई १४ दिन अनिवार्य कोरेन्टाइनमा बस्नु पर्ने भएको छ । मंगलबार पालिकाले एक सूचना जारी गर्दै सो निर्णय गरिएको हो ।

विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले विश्व समुदाय लगाएत हाम्रो मुलुकमा पनि समस्यामा छ र यसबाट हाम्रो गाउँपालिका पनि अछुतो छैन । यस कारण हाम्रो परिवार समुदाय, गाउँपालिका, मुलुक र समग्र विश्व समुदायलाई यस माहामारीबाट सुरक्षित राख्ना यो सुचना बमोजिम गर्नु/गराउन हुन गाउँपालिकाका सर्वसाधरणको लागि यो सूचना प्रकासन गरिएको छ, पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै अत्यावश्यक काम बाहेक अन्य कामको लागि काठमाडौं लागाएत अन्य जिल्ला प्रदेशमा नगर्न पनि पालिकाले निर्देशन जारी गरेको छ । काठमाडौँबाट घर आउँदा १४ दिन अनिजवार्य होम कोरेन्टाइनमा बस्नु पर्ने पालिकाले निर्णय गरेको हो ।

त्यस्तै भारतबाट आउने पालिकाका स्थानीयहरुलाई गाउँ पालिकाले तोकेको कोरेन्टाइनमा बस्नु पर्ने र अन्य मुलुकबाट आउने अरुमा पीसिआर गरेकाको लागि होम आइसोलेसनमा बस्नु पर्ने र नगरेकोहरुको सम्बन्धित गाउँपालिकाले तोकेको ठाउँमा बस्नु पर्ने रहेको गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले बताउनुभयो ।

त्यस्तै १०४ डिग्री माथि ज्वारो आएमा वा रुघाखोकि लागेमा नजिकैको स्वास्थ्य चैकी वा संयोजक जागिर राय वा गाउँपालिकाको अध्यक्ष खड्का बहादुर सुनुवारलाई खबर गर्न पनि पालिकाले जारी गरेको छ । सोमबार मात्रै सो पालिकामा १२ वर्षीय बालकसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

फेसबुक प्रतिक्रियाहरु