शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कांग्रेसको निष्कर्ष : सरकार गैरजिम्मेवार बन्यो, कतै आशा गर्ने ठाउँ छैन
आर्थिक

कांग्रेसको निष्कर्ष : सरकार गैरजिम्मेवार बन्यो, कतै आशा गर्ने ठाउँ छैन

 

असोज ०३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसद्वारा गठित कोभिड-१९ अनुगमन समितिले आयोजना गरेको साताव्यापी भर्चुअल मिटिङको सातौं तथा अन्तिम दिन आज देशभरीका नेता कार्यकर्ताले राखेका धारणाको आधारमा निष्कर्ष निकालेको हो।

समितिका संयोजकसमेत रहेका कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले आजको प्रदेश नम्बर ७ केन्द्रित कार्यक्रमको समापनपछि कोरोना महामारीमा पनि भ्रष्टाचार गर्ने गैरजिम्मेवार सरकारबाट कुनै पनि आशा गर्ने ठाउँ नरहेको बताए। कोरोनाका कारण देशको आर्थिक सामाजिक क्षेत्र प्रभावित भएको भन्दै उनले सरकारले राहत कार्यक्रम ल्याउन नसकेको समेत बताए। सरकारले कोरोनालाई देखाएर आफ्नो कमजोरी लुकाउन लकडाउन र निषेधाज्ञा गर्न उद्यत रहेको पनि आरोप लगाए।

लामो समयदेखि रोकिएको विद्यार्थीको परीक्षा सञ्चालन गर्ने, उद्योग व्यवसाय लगायतका बिषयमा सरकार मौन रहेको भन्दै उनले यस्ता बिषयमा पनि सरकारले स्पष्ट कुरा गर्नुपर्ने बताए। पार्टीले दिएको सुझाब र खबरदारी सरकारले नसुनेको गुनासो गर्दै उनले अवस्था सामान्य हुनेबित्तिकै पार्टीले सरकारविरुद्ध संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन्।

त्यसअघि कार्यक्रमलाई संवोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले बेरोजगार नागरिकको लागि सरकारले कुनै काम नगर्दा सुदूरपश्चिमका नागरिक जिविकाको लागि पुनः भारत फर्कन बाध्य भएको बताएका छन्। file Photo

फेसबुक प्रतिक्रियाहरु