बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • जेठयता प्राकृतिक प्रकोपमा परेर ३३९ जनाको मृत्यु : गृहमन्त्री भन्छन् अनुमान नगरेको ठाउँमा पनि बाढीपहिरो
समाचार

जेठयता प्राकृतिक प्रकोपमा परेर ३३९ जनाको मृत्यु : गृहमन्त्री भन्छन् अनुमान नगरेको ठाउँमा पनि बाढीपहिरो

असोज ०२,

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र चट्याङका कारण जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपस्थित हुनुभएका गृहमन्त्री थापाले देशभर गत वर्ष भन्दा कम क्षति भएपनि यसवर्ष जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताए। गृहमन्त्री थापाले प्रकृतिक प्रकोपका कारण एक सय भन्दा बढी मान्छे बेपत्ता भएको पनि बताउनुभयो । प्राकृतिक प्रकोपका कारण २ सय ५८ जना घाइते भएका छन भने ४ सय ८२ घर पूर्ण रुपमा क्षति भएको छ ।

प्राकृतिक प्रकोपमा परेकाहरुको व्यवस्थापनका लागि ‘विपद जोखिम व्यवस्थापन कोष’ बाट ५ करोड ६९ लाख रुपैयाँ राहत रकम निकासा गरी उपलब्ध गराइएको समेत गृहमन्त्री थापाले बताए प्राकृतिक प्रकोपबाट क्षति भएका संरचनाहरुको पूननिर्माणका लागि गृहमन्त्रालयले टोली गठन गरी अध्ययन गरिरहेको र प्रतिवेदन तयार भएपछि काम सुरु गरिने पनि गृह मन्त्री थापाले बताए। उनले जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडीतहरुको इच्छाअनुसार सुरक्षित स्थानमा आवास निर्माण गर्ने गरी दुई प्रकृतिको नीति अनुसार काम गरिएको पनि स्पस्ट पारेका छन्।

जोखिम व्यवस्थापन तथा न्यूनिकरणका लागि पूर्वतयारीको कायमलाई विशेष जोड दिइ एपनि अनुमान नगरिएका ठाउँमा समेत बाढी पहिरो जाँदा क्षति बढी भएको बताए। बाढी पहिरो जानुको मुख्य कारण अव्यवस्थित रुपमा विना मापदण्ड वैधानिक सर्भे विपरित सडक बाटो खोल्ने क्रियाकलापले पनि मुख्य रहेको बताए। त्यसको नियन्त्रणका लागि मापदण्ड अझबढी कडा बनाउने विषयमा मन्त्रालला छलफल भइरहेको समेत उनले बताएका छन्। file Photo

फेसबुक प्रतिक्रियाहरु