शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापका थप ६ जनामा कोरोना संक्रमण
रामेछाप बिशेष

रामेछापका थप ६ जनामा कोरोना संक्रमण

असोज ०२

काठमाडौं । रामेछाप जिल्लाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप स्थायी घर भइ काठमाडौका बसोबास गर्दै आएका छ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा रामेछापका ६ जनामा संक्रमण देखिएको जानकारी गराएको छ ।

योसँग रामेछापका संक्रमितको संख्या १ सय १९ जना पुगेको छ । रामेछाप जिल्लभित्र पिसिआर परीक्षणको क्रममा हालसम्म ५५ जना र काठमाडौं सहित विभिन्न जिल्लामा गराएको पिसिआर परीक्षणमा ६४ जना जिल्लाका नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रियाहरु