शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राष्ट्र सङ्घको ७५ औं महासभामा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुने
समाचार

राष्ट्र सङ्घको ७५ औं महासभामा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुने

असोज २,
काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भर्चुअल रुपमा संयुक्त राष्ट्र सङ्घको ७५ औं महासभामा भाग लिने भएको छ ।

न्यूयोर्कमा आजदेखि सुरु भएको ७५ औं महासभालाई प्रधानमन्त्री ओलीले आउँदो सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, शनिबार ‘२०२० दिगो विकास लक्ष्यका क्षण’ बैठक र आउँदो १४ गते हुने जैविक विविधता सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आणविक अस्त्रहरुको पूर्ण उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई आउँदो १६ गते तथा अल्पविकसित राष्ट्र र भू-परिवेष्टित विकासोन्मुख राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकलाई पनि अप्रत्यक्षरुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

परम्परागतरुपमा संयुक्त राष्ट्रसङ्घको महासभाकै समयमा हुँदै आएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मन्त्रिपरिषद्को बैठक नेपालले आउँदो ८ गते आयोजना गर्दैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा मन्त्री ज्ञवाली र नेपाल सरकारका वरिष्ठ अधिकारी काठमाण्डौबाट सहभागी हुने छन् भने अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई सहभागी हुनु हुने छ ।

फेसबुक प्रतिक्रियाहरु