मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकाका सबै स्कूल पर्सीदेखि खुल्दै : कोरोना महामारी हैन आतङ्क हो नगरप्रमुक बस्नेत
रामेछाप बिशेष

मन्थली नगरपालिकाका सबै स्कूल पर्सीदेखि खुल्दै : कोरोना महामारी हैन आतङ्क हो नगरप्रमुक बस्नेत

असोज ०२,

रामेछाप । मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले पर्सी आइतबारदेखि मन्थली नगरपालिकाभित्रका बसै बिद्यालय खुल्ने बताएका छन् । शुक्रबार मन्थली नगरपालिका वडा नं ८ रुद्रास्थान चिसापानीमा भिमेशवर माध्यमिक विद्यालयको ४ कोठे भवन शिल्नायस कार्यक्रममा बोल्दै सोकुरा बताएका हुन् । उनले शिक्षामा परिवर्तन आवश्यकता भएको बताउदै कोरोना भाइरस संक्रमणले बन्द बिद्यालय खुलाउनुको बिकल्प नभएको बताए । त्यस्तै उनले मन्थली नगरपालिकाले चार ठाउँमा ब्यवसायीक शिक्षा सुरु गर्ने बताए । उनका अनुसार फूलासिमा मा.वि. सालु मा.वि, कठजोम मा.वि.र चिसापानी मा.वि व्यवसायीक पद्धतिबाट शिक्षा सूरु गर्ने बताए । सधै बिद्यालय बन्द राखेर साढे ११ हजार विद्यार्थीहरुको भविष्यमाथि खेल्वाड गर्न नसकिने जिकिर गरे ।

उनले डिसिसिएमसिको बैठकले विद्यालय खोल्द नदिने निर्णय गरेर ठिक नगरेको बताउदै ५ गतेबाट सम्पपूर्ण जनप्रतिनीधिहरुले विद्यालत खोल्ने निर्णय गरेको सार्वजनिक गरे । उनले विद्यालय खोलेर विद्यार्थीहरुमा समस्यामा परेका आफूहरु त्यसको जिमेवार हुने र सम्पूर्ण अभिभावकहरु त्यसको भागिदार हुने बताए ।

उनले भवन मात्रै राम्रो बनाएर नहुने भन्दै पढाइमा सुधार गर्नु पर्नेतर्फ जोड्दिए । त्यस्तै उनले कोरोना भाइरस संक्रमण महामरी नभइ आतङ्क भएको उनको बुझाइछ । नेपालमा तीन सय जना कोरोना संक्रमणबाट ज्यान तीन सय जनाको ज्यान गएको बताउदै यसको आतङ्कबाट २१ सय बढीको मृत्यु भएको भन्दै यो महामारी नभै आतङ्क भएको बताए ।

भवन शिलन्यास तथा निर्माण सम्पन्न भएको भवनको अवलोकन फोटो हेर्नुहोस्

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.

फोटो मिलन जुनेली न्युज्

फेसबुक प्रतिक्रियाहरु