शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मन्थली नगरपालिकाले यी बैंक मार्फत सामाजिक सूरक्षा भत्ता वितरण गर्ने
रामेछाप बिशेष

मन्थली नगरपालिकाले यी बैंक मार्फत सामाजिक सूरक्षा भत्ता वितरण गर्ने

भदौ २६

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि सामाजिक सुरक्षा भत्ता बैंकिङ्प प्रणाली मार्फत गर्ने निर्णय गरेको छ । गत भदौ २५ गते नगरपालिका र नगरपालिका भित्र संचालित बैंकिङ्क तथा वित्तिय संस्थाहरुबीच सामाजिक सुरक्षा भत्ता बैंक मार्फत गर्न सहमति भएको हो ।

सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने निर्णय गरेसंगै नगरपालिकाले पनि भत्ता बैंक मार्फत गर्ने निर्णय गरेको हो ।

१४ वाट वडा रहेको नगरभित्र वडा नं १ र १४ नंम्बरमा सनराईज बैंकले भत्ता वितरण गर्ने भएका छन् । त्यस्तै २ नम्बरमा प्रभु बैंकमार्फत भत्ता वितरण हुनेछ ।

त्यस्तै ३ नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत भुक्तानी हुने छ । त्यस्तै ४ मा ग्लोबल आइ एम इ बैंकमार्फत भुक्तानी गरिने छ ।

त्यस्तै ५ मा एन आइ सि एसिया बैंकले भुक्तानी गर्ने छ । ६ मा सेन्चुरी कमर्सियल बैंकमार्फत हुनेछ । त्यस्तै ७ मा एन एम वि बैंकमार्फत भुक्तानी हुनेछ ।

वडा नं ८ मा राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुनेछ । ९ नम्बरमा साङ्ग्रिला विकास बैंकमार्फत भुक्तानी हुनेछ ।

१० नम्बरमा लक्ष्मी बैंकमार्फत भुक्तानी हुनेछ । त्यस्तै ११ नम्बरमा कृषि विकास बैंकमा मार्फत सामाजिक सुरक्षा भुक्तानी गरिने नगरले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै १२ नम्बरमा मेगा बैंकमार्फत भुक्तानी गरिने छ । भने एन सि सि बैंकमार्फत भुक्तानी हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलद्वरा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ । 

फेसबुक प्रतिक्रियाहरु