शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पछिल्लो २४ घण्टामा १४५४ जना कोरोना संक्रमित थपिए, ९७२ डिस्चार्ज, ५ जनाको मृत्यु
समाचार

पछिल्लो २४ घण्टामा १४५४ जना कोरोना संक्रमित थपिए, ९७२ डिस्चार्ज, ५ जनाको मृत्यु

भदौ २६,
काठमाडौं। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जना मृतक थपिएसँगै मृत्यु हुनेको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५४ जना संक्रमित थपिएका छन् ।

एकै दिन थपिएको यो संख्या हालसम्मकै बढी हो । नेपालमा अहिले १४ हजार ९ सय ४८ संक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना र होम आइसोलेसनमा ६ हजार ६ सय ३४ जना रहेका छन् ।

१७० जना आइसीयूमा र २५ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा ९७२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ रहेको छ । यो कुल संक्रमितको ७१ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण भएको छ ।

फेसबुक प्रतिक्रियाहरु